• २०८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025

रसिया युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले गरे पुटिन र जेलेन्स्कीसँग फोनवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार फोनमा कुराकानी गरेका छन्। यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए। 

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जेलेन्स्की र ट्रम्प बिचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताइन् । अमेरिकी सरकार 'शान्ति सम्झौता' र रुस र युक्रेनबिच चलिरहेको युद्धको अन्त्य गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो।

लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै दुई नेताबिच अमेरिका र युक्रेनी नेताहरूबिच शुक्रबार म्युनिखमा हुने बैठकको बारेमा वार्ता भएको जानकारी थिइन्। त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

यसैबिच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्विटरमा लेखे, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकोमा म आभारी छु। उहाँले (ट्रम्प) ले मलाई राष्ट्रपति पुटिनसँग भनेको कुरा सुनाउनुभयो ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कुरा गरेका थिए। यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन्।  ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, ’हामी साउदी अरबमा भेट्नेछौँ।’

रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता भएको जनाउँदै राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ताअघि बढ्ने बताएका थिए । ट्रम्प पुटिन टेलिफोन वार्ताको पुष्टि गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुबै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्न समेत सहमत भएको बताएका थिए । 

एता, भ्लादिमिर जेलेंस्कीको कार्यालयले युक्रेनी राष्ट्रपतिले आफ्ना अमेरिकी समक्षी ट्रम्पसँग एक घण्टा फोन वार्ता गरेको पुष्टी गरेको छ । ट्रम्प-पुटिन संवाद निकै आशाजनक मानिएको चर्चा सुरु भएको छ । 

बीबीसीका सुरक्षा संवाददाता फ्यान्क गार्डनरका अनुसार यो संवाद आशाजनक मानिए पनि युक्रेन र नेटो दुबैका लागि यो अलिक चिसो हुनसक्छ । यसबीच, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरुलाई विविध विषयमा ब्रिफिङ गरेकी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर