• २०८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025

नेसपाको अध्यक्षमा बाबुराम निर्वाचित, उपाध्यक्षमा छाेरी मानुषी

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । 

नेता रूपनारायण श्रेष्ठका अनुसार अहिलेसम्म अध्यक्ष पदमा भट्टराईको ६८२ मत आएको छ भने चापागाईंको ७१ मत आएको छ।

सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ । 

आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो । 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको थियाे । माघ २७, २८ र २९ गते चलेको महाधिवेशनबाट सो प्रस्ताव पारित गरिएको हो । 

जसअनुसार चालु संसदलाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको निष्कर्ष निकाल्दै सो कार्यको भर्त्सना गरिएको छ । 

यस्तै वृहत् शान्ति सम्झौता पछि लामो समयसम्म पनि नेपालको शान्ति प्रक्रिया टुंगिन नसकेको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरू बिच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशिध्र सम्पन्न गर्न नयाँ शक्तिले माग गरेको छ । 

यस्तै चालु आबको छ महिनाको अवस्था हेर्दा अर्थतन्त्रमान सिथिलता र संकट उन्मुख रहेको सो पार्टीले निष्कर्ष निकालेको भने राज्यका सबै अङ्गमा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएकोमा चिन्ता प्रकट गरिएको छ । 

यसैगरी लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्घता व्यक्त गर्दै महाधिवेशनले भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको वृहद ध्रुवीकरण सहित नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल समेत गरेको छ । 

नेसपामा पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए।

 निर्विरोध पदाधिकारी र केन्द्रीय सदस्य; उपाध्यक्ष (महिला) मानुषी यमि भट्टराई उपाध्यक्ष (दलित) दुर्गा सोब कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) मणि राई कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) बसुन्धरा साप्कोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मीप्रसाद भट्टराई कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मीराकुमारी मल्ल सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ आदिवासी जनजाती युवा महिला मन्जु माया तामाङ मधेशी महिला अमृता कुमारी देवी दलित केन्द्रीय सदस्य युवा  हिक्मत विक थारू महिला गीता थनेत 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर