दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्ब

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज परिसुचक नेप्से १९.५६ अंकले बढेर दुई हजार ६९८.०३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको शेयरमूल्य बढ्दा ६३ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।
प्रतिकृया दिनुहोस