पूर्वसभामुख घर्तीले गरिन जनयुद्ध र जनआन्दोलनका साहित्यिक स्रष्टाहरुलाई सम्मान

रोल्पा । जनयुद्ध र जनआन्दोलनका साहित्यिक स्रष्टाहरुलाई सम्मान गरिएकाे छ । परिवर्तन गाउँपालिकामा सम्मानसँगै सांस्कृतिक कार्यक्रम-२०८१ सम्पन्न भएको छ ।

परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग तथा रोल्पा कला साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार परिवर्तन गाउँपालिका-५ सहिद स्मृति रंगशाला धामाचौरमा कार्यक्रम सम्पन्न भएको हो । 

रोल्पा कला साहित्य प्रतिष्ठान रोल्पाका अध्यक्ष जीवन प्रवेश रोका मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले सम्मान वितरण गरिन् । 

उनले जनयुद्धले कुनै समय देश हल्लाएको स्मरण गर्दै जनयुद्ध समाजमा रहेकाे दमन र अत्याचार विरुद्ध भएको बताइन । कार्यक्रमको उद्घाटन गर्दै घर्तीले दसबर्षे जनयुद्धमा साहित्य तथा कलाले महत्त्वपूर्ण योगदान समेत गरेको बताइन । 

उनले भनिन्, 'जनयुद्ध नभएको भए देशका नीति निर्माणको तहमा, स्थानीय तहका सरकारहरुको नेतृत्व दलित, जनजाती, सुकुम्बासीहरुको प्रतिनिधित्व सम्भव थियो ? यो परिवर्तनको सम्वाहक परिवर्तनको पक्षमा कलम चलाउने श्रष्टाहरु पनि हुन् । म चुनौती दिन चाहान्छु, परिवर्तन विरोधीहरुलाई जनताले २०८४ को चुनावमा उचित जवाफ दिनेछन् ।'

पूर्वसभामुख घर्तीले भनिन्," दसबर्षे जनयुद्धको समयमा रोल्पाले उल्लेखनीय भुमिका खेलेको थियाे । जनता साहसिक र ईमानदार हुनुहुन्छ,दमन र अत्याचार विरुद्ध आफ्ना छोराछोरीलाई टीका लगाएर जनयुद्धमा पठाउनु भएको थियो ।  जनयुद्धबाट प्राप्त फल खाएर जनयुद्धलाई फागुन १ गते मनाउदै आएको दिवसलाई समेत सर्बोच्च अदालतबाट प्रतिबन्ध लगाएको छ । 

रोल्पा जिल्ला प्रतिनिधि सभा सदस्य बर्षमान पुन दुई बर्ष सम्म बिरामी परेर बाहिर हुँदा रोल्पामा बजेट शून्य बनाएको र बर्षमान पुन ४ महिना नेपाल सरकारको अर्थमन्त्री हुँदा रोल्पामा ५८ वटा पुलको योजना बनाएकोमा अहिलेसम्म १ वटा फुलको मात्र सिफारिस लिन सफल भएको उनले स्मरण गराइन । 

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेपछि रोल्पाको सहिद मार्गमा बिनियोजन भएको १ अर्ब २५ करोड रकम समेत हिउँदे अधिवेशन मार्फत अहिलेको सरकारले कटौती गरेर अरु क्षेत्रमा लैजान खोजेको उनले बताइन  ।

कार्यक्रममा उनले परिवर्तन गाउँपालिका भित्र रहेका परिवर्तन गाउँपालिका-१ कुरेलीबाट ४८ जना,परिवर्तन गाउँपालिका-२ राङ्सीबाट २६ जना,परिवर्तन गाउँपालिका-३ इरिबाङ्बाट ३० जना,परिवर्तन गाउँपालिका-४ पाछाबाङबाट ३१ जना,परिवर्तन गाउँपालिका-५ राङ्कोटबाट ६२ जना   र परिवर्तन गाउँपालिका-६ इरिबाङ्बाट ९ जना  गरि जम्मा २ सय ६ जना साहित्यिक स्रष्टाहरुलाई मायाको चिनो,दोसल्ला र प्रमाणपत्रले सम्मान प्रदान गरिन । 

जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राज बहादुर बुढा मगरले साहित्यकार र कलाकारको कलाले गर्दा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना हुन सफल भएको बताए ।  

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिवर्तनको लागि योगदान र संघर्ष गर्ने व्यक्तिहरुलाई स्थानीय सरकारले सम्मान गर्नु उचित भएको बताए । 

परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले सहिदको योगदान र बलिदानले आज  परिवर्तन सम्भव भएको बताइन । 

जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राज बहादुर बुढा मगरको विशिष्ट आतिथ्य रहेको थियो भने कार्यक्रम रोल्पा कला साहित्य प्रतिष्ठान रोल्पाका सदस्य सञ्चालन दिलिप बुढा मगरले गरेका थिए ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगर,परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते  बुढा मगर,२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर,४ का वडा अध्यक्ष मानसिङ बुढा,५ का वडा अध्यक्ष दिल बहादुर वली,नेपाली कांग्रेस परिवर्तन गाउँपालिका उपसभापति कुलबीर घर्ती मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष देव बहादुर बुढा मगर,जेष्ठ नागरिक समन्वय समिति परिवर्तन गाउँपालिका उपाध्यक्ष दल बहादुर बुढा मगर ,नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका निवर्तमान सभापति प्रवेश प्रसाद बुढा मगर,उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढा मगर,जलजला बहुमुखी क्याम्पसका प्राध्यापक श्याम बुढा मगर र नेपाल राष्ट्रिय नमूना मावि मौलाबोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गण बहादुर बुढा मगर लगायतको आतिथ्यता रहेको थियोे । 

रोल्पा कला साहित्य प्रतिष्ठानका सदस्य मनप्रसाद पुनले स्वागत मन्तव्य दिएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर