ट्रम्पको अभिव्यक्तिबारे सरकारले छानबिन गर्नुपर्छ: चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिको सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन्। सांसद भण्डारीले देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै के भएको थियो? के हुँदैछ? भनेर सरकारले गम्भीरतापूर्वक चासफ लिनुपर्ने बताए।
'अमेरीकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्! देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन! के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ! देशभन्दा ठुलो कोही होइन र हुन पनि सक्दैन!' उनले फेसबुकमा लेखेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’ काे संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका थिए। हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर राेकिएकाे जानकारी गराएका हुन्।
प्रतिकृया दिनुहोस