• २०८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025

प्रहरी संगठन भित्र मनपरीः १ महिनामा अवकास हुने भट्टराई बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि जनक भट्टराई सिफारिस भएका छन्।

आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन्। उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन्।

उनलाई एआईजीमा बढुवा गर्नकै लागि अर्का एआईजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खालि गराइएको थियो।

भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउने छन्। एक सातापछि मात्रै मन्त्रिपरिषद् बैठकले बढुवा निर्णय गर्ने भएकाले भट्टराई छोटो समयका लागि एआईजी बन्न लागेका हुन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन्।

समितिको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनी एआइजी नियुक्त हुनेछन्। यसअघि एआइजी रवीन्द्र केसीले राजीनामा दिएपछि एक पद रिक्त थियो। त्यसमा भट्टराईलाई बढुवा गर्न सिफारिस भएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर