• २०८१ फाल्गुण १२ सोमबार
  • Monday, 24 February, 2025

ज्ञानेन्द्रलाई बामदेवको सुझावः राजा हैन प्रधानमन्त्री बन्नुस’

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको आज (आइतबार) को बैठकमा बोल्दै गौतमले राजनीतिक दलका नेताहरूले देशको समुचित विकास गर्न नसकेको गुनासो गर्दै पूर्वराजालाई नयाँ विकल्प अपनाउन आग्रह गरे ।

उनले भने, ‘राजनीतिक नेताहरू असफल भए भन्दै पुनः राजा बन्ने चाहनु उचित हुँदैन । बरु आफ्नो नेतृत्वमा प्रजातान्त्रिक राजनीतिक दल खोली निर्वाचन आयोगमा दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसदबाट प्रधानमन्त्री बनेर देशको समृद्धि कायम गर्नुस् ।’


उनले राजा महेन्द्रको हत्या र राजा वीरेन्द्रको वंश विनाशमा राजपरिवारकै व्यक्तिहरू संलग्न भएको दाबी गर्दै, ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक प्रक्रिया अपनाएर नेपाललाई समृद्ध बनाउने जिम्मेवारी लिन चुनौती दिए । गौतमका अनुसार राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र शाहलाई सबै राजनीतिक दलले स्वीकार गरेका थिए । 

उनले भने, ‘अब यदि देश परिवर्तन गर्न चाहनु हुन्छ भने लोकतान्त्रिक बाटो रोज्नुहोस्, संसदमार्फत प्रधानमन्त्री बन्नुस् र विकासको मार्ग प्रशस्त गर्नुस् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर