माओवादी अभियान मधेश प्रदेश प्रवेश

जनकपुरधाम । तराई मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सप्तरी प्रवेश गरेको छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू बिहीबार साँझ सप्तरी पुगे ।
बिहीबार राति हनुमाननगरमा कार्यकर्ताको घरमा बास बस्ने नेताहरू शुक्रबार बिहान राजविराजमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने माओवादी नेता उमेश यादवले जानकारी दिए ।
सो कार्यक्रमपछि अध्यक्ष दाहालले छपकी भथौलमा इन्द्रदेव विश्वास र बनौलामा रमेश रामको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
माओवादीले झापाकाे कचनकवलबाट सुरू गरेकाे तराइमधेश जागर अभियान काेशी प्रदेशमा सकेकाे छ ।
काेशी प्रदेशमा अभियानका क्रममा भएकाे जनतासँगकाे अन्तरक्रियाबाट माओवादीका नेताहरू उत्साही देखिएका छन् ।
प्रतिकृया दिनुहोस