भेरीगंगाका वडाध्यक्ष आग्रीको भारतमा निधन

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको उपचारका क्रममा निधन भएको छ । 

भारतको महाराष्ट्रमा क्यान्सरको उपचार गराइरहेका वडाध्यक्ष आग्रीको आइतबार मध्यराति निधन भएको परिवारले जनाएको छ । 

उनी विगत एक वर्षदेखि भारतमा उपचाररत थिए । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर