चिकित्सक र नर्सहरूको पारिश्रमिक बढाउने तयारीमा सरकार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।
आज (मंगलबार) काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताए ।
चिकित्सक र नर्सहरूको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्ने गरी सरकार अघि बढिरहेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । श्रम ऐनले तोकेको पारिश्रमिक कम्तीमा उपलब्ध गराउनै पर्ने व्यवस्था कडाइका साथ लागू गर्ने गरी सरकार अघि बढिरहेको पनि उनको जिकिर छ ।
चिकित्कसहरूको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास उनले व्यक्त गरे । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानूनी प्रबन्धहरू अघि बढाइरहेको बताए ।
प्रतिकृया दिनुहोस