ग्यास उद्योगीहरूले स्थगित गरे आन्दोलन, १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति

काठमाडौँ । पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल।पि। ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।
आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ । तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ ।
ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ ।
निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एल।पी ग्यास उद्योग संघले आजदेखि एल।पी। ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ ।
विभिन्न माग राख्दै ग्यास उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए ।
प्रतिकृया दिनुहोस