पाेखरामा एकाबिहानै भूकम्पको धक्का महसुस

पाेखरा । आज एकाबिहान कास्कीमा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हाे ।
कास्कीसँगै गोरखा, लमजुड, पर्वत, स्याड्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
नेपालमा पछिल्लाे चरणमा विभिन्न समयमा सानाे स्केलका तर धेरै धक्काहरू महसुस भइरहेकाे छ ।
प्रतिकृया दिनुहोस