• २०८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025

स्ववियु चुनावः सिन्धुपाल्चोक साँगाचोकबाट अखिल क्रान्तिकारीले खोल्यो खाता

काठमाडौं । स्ववियु चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले खाता खोलेको छ । 

सिन्धुपाल्चो जिल्लाको साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले जानकारी दिए । 

जुगल बहुमुखी क्याम्पसमा सुस्मिता श्रेष्ठ सर्वम्मत निर्वाचित भएकी छन् । 

यस अघि एमाले अखिलले मुस्ताङमा सर्वसम्मत सभापति निर्वाचित हुँदै खाता खाेलेकाे थियाे ।

मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्मत रूपमा एममाले अखिलले पाएकाे छ।  

उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्मत निर्वाचित भएकी छन्।  

आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत आज उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ/संगठनबीचको सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको हो।  

क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने निर्वाचनअगावै  मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका सङ्घ/सङ्गठनको सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर