• २०८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025

प्रचण्डले संसदमा बाेल्दा आज पनि प्रधानमन्त्री ओली नजाने

काठमाडौं । संसदीय अभ्यासमा सामान्यतः प्रमुख प्रतिपक्षी दलका नेताले बाेल्दा प्रधानमन्त्री उपस्थित हुने र प्रधानमन्त्रीले बाेल्दा प्रतिपक्षी दलका नेता उपस्थित हुने प्रचलन छ । तर पछिल्ला केही बैठकमा प्रधानमन्त्री केपी   ओलीले त्यसलाइ पालना गरेका छैनन् ।

मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले सम्बोधन गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।  

तर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदमा आज सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । ओली आजै कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाने भएपछि अनुपस्थित हुने भएका हुन् । 

यसअघि गत माघ २४ गते प्रचण्डले संसदमा सम्बोधन गरेका थिए । उक्त दिनपनि प्रम ओली संसदमा अनुपस्थित रहेपछि प्रचण्डले संसद बैठकमा सम्बाेधनकै क्रममा गुनासो गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर