• २०८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025

मगर राष्ट्रिय मुक्ति मोर्चाकाे राष्ट्रिय सम्मेलनमा सम्बाेधन गर्दै प्रचण्ड

रुपन्देही । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माओवादी पदाधिकारीहरु आज विभिन्न कार्यक्रममा सम्बोधन गर्न रुपन्देही आउँदै छन् ।

मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् ।

प्रचण्डसहितका नेताहरु बुधवार आज बिहान १०ः३० मा भैरहवा विमानस्थल ओर्लेर ओमसतिया गाउँपालिका ६ मा जमुहानी तालमा बन्ने पार्क शिलान्यास गर्नेछन् ।

प्रचण्डले दिउँसो १२ बजेदेखि १२ः३० बजेसम्म बुटवल ज्योतिनगरमा पहिरोको जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्ने र दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए ।

सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताले पनि सम्बोधन गर्ने जिसीले बताए ।

बुटवलको कार्यक्रमपछि दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा सञ्चालित सैनामैना गोल्डकपका विजयी टिम र खेलाडीलाई पुरस्कार वितरण गर्न पुग्ने छन्। प्रचण्ड आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर