दैनिक जिरा खानाले के–के फाइदा हुन्छ ?

मसलाको रुपमा प्रयोग गरिने जिराका स्वास्थ्यलाई गर्ने थुप्रै फाइदा छन् । हाम्रो सम्पूर्ण अंगका लागि जिरा फलदायी हुन्छ ।
यदी तपाई जिराका केही दानाको दैनिक खानामा सहभागी गराउनुभयो भयो धेरै फाइदा लिन सक्नुहुनछ ।
जिराले तुरुन्तै असर देखाउने गर्छ । दैनिक १० दिनसम्म जिरा खानाले के–के फाइदा लिन सक्नुहुन्छ त ? जान्नुहोस् ।
– जिराले पाचनतन्त्रलाई तन्दुरुस्त बनाउँछ, जसले गर्दा पेटको समस्या टाढा भाग्छ ।
– ग्यासको समस्या र कब्ज्यतका लागि पनि जिरा लाभदायी हुन्छ ।
– रगतको कमी वा फोहोरका कारण छालामा निस्कले डन्डीफोर र खटिरालाई पनि ठिक गर्छ ।
– जिरामा भिटामिन ई भरिपूर्ण मात्रामा हुन्छ, जसले छालालाई स्वास्थ्य राख्न मद्दत गर्छ । जिरामा पाइने भिटामिन ईले छालामा हुने एजिङको असरलाई कम गर्छ ।
– जिरामा छालासम्बन्धि रोग ‘एग्जिमा’लाई ठिक गर्ने गुण हुन्छ । त्यसैले यसको लेप पनि लगाउने गरिन्छ ।
– जिराको नियमित प्रयोले शरीरको शुद्ध पार्ने प्रक्रियालाई बढाउँछ ।
– ३ ग्राम जिरा र १२५ मि.ग्रा. फिटकिरी पाको बाँधेर गुलाब जलमा भिजाउनुहोस् । आँखा दुखेमा वा रातो भएमा यस रस लगाउनाले आराम मिल्छ ।
– पखाला लागेको समयमा दहीमा भुटेको जिराको धुलो मिलाएर खाएमा राहत मिल्छ ।
– जिरामा थोरै सिरका राखेर खानाले बाडुली लाग्न बन्द हुन्छ ।
– जिरा रा सख्खरलाई मिसाएर गोली बनाएर खानाले मलेरियाबाट राहत मिल्छ ।
– एक चिम्टी काचो चिरा खानाले तत्कालै एसिडिटीबाट राहत मिल्छ ।
– डाइबिटिजलाई नियन्त्रण गर्न एक सानो चम्चा पिसेको जिरा दिनमा दुई पटक पानीमा मिलाएर पिउन सकिन्छ ।
प्रतिकृया दिनुहोस