अमेरिकी विमानमा विमानस्थलमै आगलागी (भिडिओ)

एजेन्सी । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा आगलागी भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ १७२ यात्रु र चालक दलका ६ सदस्य रहेको उडान १००६ सुरक्षित अवतरण गरिसकेपछि आगलागी भएको हो।
तर विमानसका सबै जनालाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको अधिकारीहरूले बताएका छन्।
इन्जिनमा समस्या आएका कारण आगो लागेको उनीहरूको भनाइ छ। आगलागी हुँदा विमानस्थलमा बाक्लो कालो धुवाँ निस्किएको थियो।
विमानस्थलका अधिकारीहरूले आगलागी नियन्त्रणमा लिइसकेको र मानवीय क्षति नभएको बताएका छन्।
???? BREAKING: American Airlines Plane Erupts in Flames at Denver Airport—Passengers Evacuate in Chaos
— Brian Allen (@allenanalysis) March 14, 2025
This isn’t normal.
???? An American Airlines plane just caught fire at Denver International Airport.
???? Passengers were forced to evacuate onto the wing as flames and thick smoke… pic.twitter.com/VWkUm1B1rn
प्रतिकृया दिनुहोस