नेविसंघकाे किल्ला ताेड्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा क्रान्तिकारीका घर्तिमगरकाे जित

बुटवल । नेपालकै पुरानाे मध्येकाे एक, त्रिभुवन विश्वविद्यालय भन्दा जेठाे पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा प्रमुख प्रतिपक्षी दल माअाेवादीकाे विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी विजयी भएकाे छ । 

बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर विजयी भएका हुन् । उनले कूल खसेको १२२८ मतमा ३९० प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरे ।

यसअघि सो क्याम्पसमा ३० वर्षदेखि निरन्तर नेविसंघले सभापति पद जितिरहेको थियो। 

 सचिव पदमा नेपाल विद्यार्थी संघका सुशिल बस्याल ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।

कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् । सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भए ।

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर