• २०८१ चैत १३ बुधबार
  • Wednesday, 26 March, 2025

पृथ्वीनारायण क्याम्पसमा स्ववियु मतदान

कास्की । पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ । गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आइतबार बिहान ८ बजेदेखि पुनस् सुरु भएको हो ।

क्याम्पसभित्र ६ वटा केन्द्रमार्फत मतदान सुरु भएको निर्वाचन अधिकृत प्रा. डा रामचन्द्र पोखरेलले जानकारी दिए । मतदान ८ बजेदेखि सुरु भयो । मतदानको समय ४ बजेसम्म हो । तर ४ बजेसम्म गेटभित्र प्रवेश गर्नेले त्यसपछि पनि मतदान गर्न पाउनुहुन्छ, उनले भने ।

पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् । ०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघरसंगठनरप्यानल चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु (छैटौं), प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेपाल विद्यार्थी संघ, संयुक्त प्यानल, अनेरास्ववियुका उम्मेदवार छन् । स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नवीन अधिकारी, अनेरास्ववियु (छैठौं)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर