• २०८१ चैत १८ सोमबार
  • Monday, 31 March, 2025

राजावादीले घरमा आगो लगाए, पत्रकार रजकको जलेर निधन

काठमाडौं । काठमाडौँको तीनकुनेस्थित एक भवनमा राजावादीहरूले आगो लगाउँदा एभिन्यूज टिभीका एक जना पत्रकारको ज्यान गएको छ।

भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको एभिन्यूज टिभीले जनाएकाे छ ।

राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि वरपरका घरमा तोडफोड र आगजनी गरेका थिए । 

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रिपोर्टिङमा गएको साथीको त्यही घरमा जलेको अवस्थामा शव फेला परेको बताए।

'एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् । आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ,' टिभीले भनेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर