• २०८१ चैत २० बुधबार
  • Wednesday, 2 April, 2025

त्रिवि केन्द्रीय क्याम्पसमा तिब्र प्रतिस्पर्धा, नेविसंघको जित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु चुनावमा तिब्र प्रतिस्पर्धाकाबीच नेविसंघ विजयी भएको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बन्दा अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

सोमबार भएको विद्युतीय मतदानमा सभापति पदका उम्मेदवार दिपक राज जोशी ७८९ मतसहित निर्वाचित भए । दाेस्राे भएका अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत 
ल्याउँदा क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याएका छन् ।स्वतन्त्र उम्मेदवार पदमा भुषालले १६६ र अर्का स्वतन्त्र उज्ज्वल खड्काले ७१७ मत ल्याए ।

अनेरास्ववियुले सचिव कोषाध्यक्षसहित सबै सदस्य जित्न सफल भएको छ ।  सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा निर्वाचित बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर