तीनकुने वितण्डाः महर्जनलाई लागेको थियो एक गोली

काठमाडौं । राजा ल्याउन भन्दै काठमाडौंको तीनकुनेमा राजावादीहरुले देखाएको वितण्डाका क्रममा दुई नागरिकले ज्यान गुमाए । त्यसैमध्येका एक हुन् सविन महर्जन । जसले प्रहरीको तर्फबाट हानिएको गोली लागेर ज्यान गुमाउनु परेको थियो ।
तीनकुनेमा मृत्यु भएका महर्जनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
पूर्वराजा समर्थकहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर महर्जनले ज्यान गुमाएका हुन् । कीर्तिपुर नगरपालिका–४ बस्ने महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ ।
शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको छ । तीनकुनेबाट
२९ वर्षका महर्जन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए ।
चैत १५ मा प्रदर्शनस्थलमा वितण्डा मच्चाएपछि नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।
प्रतिकृया दिनुहोस