कार्यालय पुगे गुरागाईंः अघि बढाए कर्मचारीको तलब प्रक्रिया

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ शुक्रबार सहजरुपमा कार्यालय पुगेका छन् ।

उनी आज कार्यालय समयमै कुनै अवरोधबिना कार्यालय प्रवेश गरेका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने,'आज प्रमुख प्रशासकीय अधिकृत कुनै अवरोधबिना कार्यालय प्रवेश गर्नुभएको छ, कुनै अवरोध भएन।,'

उनका अनुसार, प्रमुख प्रशासकीय अधिकृत आएसँगै कर्मचारीको खातामा तलब पठाउने प्रक्रिया अघि बढिसकेको छ । सोमबारसम्म सबै कर्मचारीको खातामा तलब पठाउने तयारी भएको उनले बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर