• २०८१ चैत २७ बुधबार
  • Wednesday, 9 April, 2025

आजको राशिफल: खोजमूलक काममा सफलता मिल्नेछ

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)  शुभ मांगलिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषघिजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को  खरिद विक्रिबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेकोछ ।

Nabil bank
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) महत्वकांक्षी योजनाहरु सार्वजनिक गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाँटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धवको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ । शुभकार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन चंगा हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । शुभ कार्य सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदैँ दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वस्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । आफन्त तथा अग्रजको भेटघाटले मन प्रशन्न हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि दिन प्रभावकारी रहनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ  । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागी हुने प्रसस्त सम्भावना रहेको छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गी संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । शुभ कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण  गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,गि,यु) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धी कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ । परिवारका साथ रमाइलो ठाउँको यात्रा गरेर दिनलाई रंगिन बनाउन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेकोछ । आफन्त तथा दिदीबहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । लेखन तथा साहित्यमा बाकी रहेको कामहरु फत्ते गर्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । इमान्दारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर तान्न सकिनेछ । आफन्त तथा छोराछोरीका साथ यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । विवाद तथा प्रतिस्पर्धामा विपक्षहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउनेछ । विलाशीताले खर्च बढाएपनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै लगानी बढाउन सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ भने बौद्धिकताले सम्मान दिलाउनेछ । वैदेशिक रोजगारीले जीवन निर्वाह गर्न सहज हुनेछ । छोटो दुरीको रमाइलो यात्रा तय हुनेछ भने परिवारका साथ रमाइलो ठाउको भ्रमण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर