काम गर्न नसकेर उपकुलपतिले राजिनामा फाले: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा केशरजंग बरालले काम गर्न नसकेरे राजिनामा दिएको आरोप लगाएका छन् । एमालेले शुक्रवार बुटवलमा गरेको प्रदेश स्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै उनले उपकुलपतिको राजिनामा प्रकरणको पनि चर्चा गर्ने क्रममा सो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, एउटा उपकुलपति काम गर्न सकेनछन्, राजिनामा फ्याकेछन् । प्रधानमन्त्री ओलीले बरालको राजिनामा स्वीकृतमा ढिलाइ हुनुको कारणमा आफूसग राजिनामा पत्र आउन ढिलाई भएको तर्क समेत राखे ।
राजिनामा कतिदिन पछि म कहा आइपुग्यो, राजीनिामा स्वीकृत गर्दैन भन्छन् पत्र पत्रिकाहरुले, राजिनामा छदैछैन त कहाबाट स्वीकृत गर्ने ? प्रधानमन्त्री ओलीले भने, न भेटेको छ, न राजिनामा गर्छु भनेको छ, न यस्तो समस्या भो भनेको छ, राजिनामा कोही मार्फत पठाएको थियो अरे, त्यो पुग्न पाएको छैन् अखवारबाजी भयो, आएपछि राजीनामा स्वीकृत गर्दिए, भेरिफाइ गरेर । राजिनामा स्वीकृत पछि फेरी द्धन्द्धको कुरा उठाएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टी ब्यक्त गरे ।
राजिनामा स्वीकृत गरेपछि प्रधानमन्त्री र उपकुलपतिवीच द्धन्द्ध, लडाइ, भिडन्त, लफडा जस्ता कुरा शुरु भएको भन्दै उनले अचम्म ब्यक्त गरे । उपकुलपतिले मलाई यस्तो भयो भनेर एक शब्द नभनेको तर यहा हल्ला अनेक हुने गरेको उनले बताए ।
मुलुकमा अफवाहा फैलाउने , नक्कली भिडियो बनाउने, नक्कली आवाजहरु राखिने कामहरु भएको भन्दै भम्म तोड्नुपर्नेमा उनले जोड दिए ।
प्रतिकृया दिनुहोस