• २०८२ बैशाख ६ शुक्रबार
  • Friday, 18 April, 2025

दुर्गा प्रसाईं समातिएपछि ज्ञानेन्द्रतर्फ संकेत गर्दै गृहमन्त्रीले भने: अरुपनि तानिन सक्छन्

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसदीय समितिलाई जानकारी गराएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा गृहमन्त्री लेखकले प्रसाईं पक्राउ परेकोबारे जानकारी गराएका हुन्।

‘यहाँहरूले जिज्ञासा पनि राख्नुभएको छ, दुर्गा प्रसाईंजीका बारेमा। हो, दुर्गा प्रसाईंजी पक्राउ पर्नु भएको छ, अनुसन्धान जारी छ,’ गृहमन्त्री लेखकले भने, ‘पक्राउ पर्ने क्रम पनि निरन्तर अघि जान सक्छ, को-को मानिसको भूमिका देखिन्छ, त्यसअनुसार पक्राउ पर्ने अनुसन्धान हुने र कानुनी कारबाही हुँदै जान्छ।’

प्रसाईंलाई प्रहरीले शुक्रबार बिहान झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रसाईंलाई काठमाडौं ल्याइसकिएको पनि प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर