• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

८ हजार पुग्यो डिभी २०२५ का नेपाली विजेताको केस नम्बर

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको भिसा बुलेटिनले जुन महिनामा नेपाली डिभी विजेताहरूको लागि केस नम्बरमा महत्वपूर्ण वृद्धिको घोषणा गरेको छ, जसले कटअफ ८ हजारमा पुर्याएको छ।अर्थात् ८ हजार सम्म केस नम्बर हुने डिभी विजेताले आगामी जुन महिनामा भिसा प्राप्त गर्न सक्नेछन् ।

केस नम्बरको कटअफ जनवरी र फेब्रुअरी दुबैमा ३,५०० थियो भने मार्चका लागि ४५ सय बनाइएको थियो । यो कटअफ नम्बर अप्रिलका लागि भने ५९५० रहेको छ भने मे महिनाका लागि ६ हजार ४ सय ५० रहेको छ । त्यसअघि अक्टोबर, नोभेम्बर, र डिसेम्बर महिनाहरूमा, २,९५० सम्मको केस नम्बरहरू भिसा प्रक्रियाका लागि योग्य थिए। जनवरीमा, कटअफ ३,५०० मा वृद्धि गरियो, तर फेब्रुअरीका लागि थप कुनै परिवर्तन गरिएको थिएन।

अक्टोबर १ देखि सुरु भएको आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर