वीरगञ्जमा भीड भड्काउने र तोडफोड गर्ने चार जना पक्राउ

जनकपुरधाम । पर्सामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा भड्काएको आरोपमा दुई जना पक्राउ परेका छ्न्र । तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नो समुदायका दुई जनालाई पक्राउ गरेपछि वीरगञ्जमा प्रदर्शन चर्किएको हो । पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई आज पक्राउ गरेपछि वीरगञ्ज फेरि अशान्त बनेको हो । आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । 

उनीहरूले आज मंगलबार टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराउँदै हिँडेका थिए । प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरीले आज दुवै समुदायबाट २/२ जनालाई पक्राउ गरेको थियो ।

शनिबार दिउँसो शोभायात्रामा ढुंगामुढा र तोडफोड गर्ने चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा सुरूमा ढुंगा प्रहार गर्ने ३० वर्षीय शेख खुर्सेद र २२ वर्षीय सलाउद्दिन मियाँ ठकुराई छन्।

त्यस्तै भीड भड्किइसकेपछि तोडफोडमा उत्रिएका ३० वर्षीय बलजित सिंह र रवि सर्राफलाई पनि पक्राउ गरी अनुसन्धान गरेको हो।

यसरी मानिस पक्राउ गरेपछि उनीहरूका आफन्तले जिल्ला प्रहरी कार्यालय पर्सा पुगेर प्रदर्शन गरेका छन्।

अहिले जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर