माओवादी केन्द्रको नगर अधिवेशन उद्घाटन गर्न पूर्व उपराष्ट्रपति पुन प्यूठान आउँदै

प्यूठान ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ आगामी वैशाख ६ गते प्यूठानको जुम्रीमा आयोजित नगर अधिवेशनको उद्घाटनका लागि प्यूठान आउने भएका छन्।

माओवादी केन्द्र प्यूठान नगर कमिटीको आयोजनामा हुन लागेको नगर अधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुने निश्चित भएसँगै यहाँको राजनीतिक वातावरण थप तातिएको छ। पार्टीका अनुसार अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर