• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

राजावादी आन्दोलन शिथिल भएपछि राप्रपा बैठक बस्दै

काठमाडौं । राजा फर्काउने भन्दै सुरु गरिएको अभियान शिथिल भएपछि थप रणनीति तय गर्न राप्रपाको बैठक बस्दैछ । 

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बिहीबार) बस्न लागेकाे हाे । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने जनाइएको छ ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए । राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ । राप्रपाले यही वैशाख ७ गते काठमाडौँ केन्द्रित आन्दोलन गर्दै छ ।

राप्रपाले राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा चैत २६ गते काठमाडौँको बल्खुमा प्रदर्शन तथा खबरदारी सभा गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर