अझ अघि बढ्दै ज्ञानेन्द्र शाहः राजावादी ७ नेतालाई खुवाए भाेज

काठमाडौं । अहिले एक आम नागरिकको हैसियतमा आइसकेका पूर्व राजा ज्ञानेन्द्र शाहले रातन्त्र फार्काउने अभियानमा एक पछि अर्को कदम चालिरहेका छन् ।
प्रजातन्त्र दिवसका दिन शुभकामना सन्देश दिएर राजा फर्काउने अभियानका लागि आव्हान गरेका थिए । त्यसपछि काठमाडौंको तीनकुनेमा ७ गते भएको प्रदर्शनमा विचण्डा नै मच्चाए, हत्या, आतंक, लुटपाट र आगजनी गरे ।
त्यसपछि सरकारले चाल्ने कदमका कारण ज्ञानेन्द्र पछि हट्ने अनुमान गरिएको थियो । तर उनले नयाँ वर्ष २०८२ को अवसरमा अर्को सन्देश दिए ।
राजावादी आन्दोलनलाई नयाँ वर्षमा सार्थक बनाउने उनको भनाई थियो । पृथ्वी पथ नाम दिएर अभियान नै चलाउने उनले घोषणा गरे । तर पनि उनीविरुद्ध सरकारले कुनै कठोर कदम चालेको छैन । बरु ज्ञानेन्द्र शाहले नै एक पछि अर्को कदम चालिरहेका छन् ।
उनले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरे । भाेज खान राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए ।
लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको स्रोतले बतायो ।
आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो । जनमत वर्तमान गणतन्त्रविरुद्ध रहेको बुझाइका साथ आफूले फागुन ७ मा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्वराजाको भनाइ थियो ।
सोहीबमोजिम बनेको नवराज सुवेदी नेतृत्वको आन्दोलन समिति बनेपनि त्यसलाई राप्रपा नेतृत्वबाटै खुलेर साथ नरहेको बढी गुनासोसहितको सन्देश उनले प्रवाह गरेका थिए ।
तामाङले पूर्वराजासँग भेट भएको स्वीकारे पनि छलफलमा भएको विषयबारे भने खुलाउन चाहेनन् ।
प्रतिकृया दिनुहोस