अन्तरकलहः राउतकाे पार्टी जनमतका निलम्बित कोषाध्यक्ष पक्राउ

जनकपुरधाम । जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 

सप्तरी प्रहरीका अनुसार ललितपुर प्रहरी परिसरको पत्रपछि ठगी तथा आपराधिक विश्वासघात मुद्दामा उनलाई आइतबार पक्राउ गरिएको हो ।

यादवमाथि पार्टीको काममा समय नदिएको, प्रायः विदेशमा बस्ने गरेकोलगायतका आरोप अध्यक्ष पक्षले लगाएका थिए । 

जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवको जाहेरीमा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता भई ललितपुर जिल्ला अदालतवाट जारी पक्राउ पुर्जीका आधारमा यादवलाई नियन्त्रणमा लिइएको हाे।  

पार्टीको कोष अनियमितता गरेको तथा पार्टी र अध्यक्षविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै जनमत पार्टीले यादवलाई केही समयअघि निलम्बन गरेको थियो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले यादवलाइ पक्राउन गराउन लगाएकाे उनकै पार्टीका केही नेताले आराेप लगाएका छन् । 

राउतले यादवकाे स्थानमा आफ्ना सहेदर दाजु डा. जयकिसन राउतलाइ अघि सार्ने तयारी गरेकाे निकट स्राेतकाे दावी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर