सिंगापुरमा उपचार गराएका देउवा फलोअपमा बैंकक गएपछि नेपालमा सत्ता पलटको शंका

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राण र छोरा जयवीर हिजो बैंकक उडे । नेपाली राजनीतिमा सत्ता पदटको चर्चा चलिरहेका बेला देउवाको सन्देहपूर्ण बैंकक भ्रमणलाई धेरैले नजिकबाट हेरिरहेका छन् ।
यसअघि सिंगापुरमा उनको आँखा र पेटको उपचार गरिएको थियो । तर फलोअप उपचारका लागि भने उनी बैंकक गएपछि कांग्रेस पदाधिकारी बैठकमा नै महामन्त्री विश्वप्रकाश शर्माले देउवालाई यसैबारे जिज्ञासा राखेका थिए । तर उनले हाँसेले ठट्यौली पारामा बुढो भएपछि थाहा पाउँछौं भन्ने जवाफ दिएका थिए ।
प्रधानमन्त्री केपी ओलीसँग छिमेकी भारत सन्तुष्ट नरहेको र सरकारले भारतसँगको सम्बन्ध सुधार गर्न पनि नसकेको चर्चा चलिरहेका बेला देउवाको यो भ्रमणका बेला उपचारका अलवा केही गोप्य भेट हुनसक्ने कतिपय कांग्रेसकै नेताहरुले अनुमान गरेका छन् ।
देउवा स्वास्थ्योपचारका आइतबार दिउँसो थाइल्यान्ड बैंकक प्रस्थान गरेका हुन् । देउवा प्रत्येक दुई/तीन वर्षमा स्वास्थ्य फलोअपका लागि सिंगापुर जाने गर्दथे ।
थाइल्यान्डमा सोमबारदेखि सुरु हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक नियोगको ८१ औं सत्रमा आरजु सहभागी हुने छिन् ।
देउवा बैंककमा एक सातासम्म बस्ने छन् । त्यसबीचमा उपचारका अलवा उनको साइडलाईन भेटवार्ता हुने अनुमान गरिएको छ ।
उनको साथमा स्वकीय सचिव भानु देउवा र छोरा जयबिरसिंह देउवासमेत छन् । देउवाले पार्टीको कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकालाई दिएका छन् ।
प्रतिकृया दिनुहोस