• २०८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025

नक्कली परीक्षार्थी बनेका एमाले अखिलका अस्कल स्ववियु सचिव समातिए 

काठमाडाैं । काठमाडौंमा प्रहरी जवानको परीक्षा दिँदै गर्दा पक्राउ परेका गोपाल शाही नेकपा एमाले निकटकाे अनेरास्ववियूका नेता रहेकाे खुलेकाे छ । 

उनी अमृत साइन्स क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। 

जसमध्ये एक जना नेकपा (एमाले) निकट अनेरास्ववियुबाट स्ववियु सचिव निर्वाचित भएका गोपाल शाही थिए।

अस्कलमा चैत १० गते भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको थियो। शाही सचिवमा निर्वाचित भएका थिए।

शनिबार काठमाडौं महानगरपालिका-१० स्थित रत्नराज्य मावि नयाँ बानेश्वरमा प्रहरी जवानको परीक्षा भएको थियो। नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंद्वारा विज्ञापन अनुसार प्रहरी जवानको लिखित परीक्षा सञ्चालन भएको थियो।

पक्राउ परेसँगै स्ववियु अस्कलले सचिवबाट शाहीलाई निस्कासन गरेको छ।

प्रहरीले शनिबार नक्कली परीक्षार्थी बनेको आरोपमा दोलखाका २३ वर्षीय मोहन सुनुवार, सुर्खेत बस्ने २२ वर्षीय मनोज शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का, सुर्खेतका २० वर्षीय उमेश शर्मा, जुम्लाका २२ वर्षीय मिन रावललाई पक्राउ गरेको हो।

प्रहरीले अर्काको फोटो टाँसेको सक्कल प्रवेश पत्र र नागरिकताका प्रतिलिपीहरू पनि बरामद गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर