• २०८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025

शिक्षकहरु सडकमा, सरकार अन्योलमाः शिक्षामन्त्रीले दिइन राजीनामा

काठमाडौं । देशभरका शिक्षकहरुले विगत २० दिन देखि काठमाडौं केन्द्रीत आन्दोलन चर्काइरहेका बेला शिक्षामन्त्री भट्टराईले राजीनामा दिएकी छन् । 

 उनले आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । 

भट्टराईले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको बताइएको छ। 

शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो।

तर त्यसलाइ अघि बढाउने सम्भावना नदेखेपछि उनले राजीनामा दिएकाे उनी निकटस्थहरू बताउँछन् ।

भट्टराइले शिक्षा मन्त्रालयले राजनीतिक छापका आधारमा भन्दा पनि फरक ढंगले लगाउन खाेजेकी थिएन ।

उनी पूर्व प्राध्यापक भएका कारणले पनि शिक्षा क्षेत्रभित्रका समस्या र समाधानबारे जानकार उनलाइ सरकार प्रमुखले उचित साथ नदिएकाे एमाले बृत्तमा बताइन्छ । यसअघि उपेन्द्र यादव नेतृत्वकाे जसपा सरकारमा जाने चर्चा चलेका बेला भट्टाइलाइ नै हटाएर शिक्षा मन्त्रालय दिने तयारी प्रधानमन्त्रीकाे थियाे ।

प्राध्यापन पेशाबाट उनी श्रीमान रविन्द्र अधिकारीकाे निधन पछि प्रवेश गरेकी हुन् । 

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् ।

शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । 

आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिएका छन् ।

सरकारसँग भएका बारम्बारका वार्ता निष्कर्षमा पुग्न सकिरहेको थिएन । शैक्षिक कार्यक्रम नै ठप्प पारेर शिक्षकहरु २० दिनदेखि काठमाडौंमा आन्दोलनमा छन् । उनीहरुले दैनिकजसो माइतीघर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आइरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर