• २०८२ बैशाख २३ मंगलबार
  • Tuesday, 6 May, 2025

प्रहरीका पूर्व महानिरीक्षक थापाको निधन

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ । ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए । 

उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो । प्रहरी महानिरीक्षक दिपक थापाले पूर्व महानिरीक्षक थापको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दिवंगत थापालाई प्रहरी वृत्त गौशालामा श्रद्धाञ्जली दिएपछि आर्यघाटसम्म शवयात्रा गरिँदै छ । बिहान १० बजे श्रद्धाञ्जली दिएपछि शवयात्रा हुने बताइएको छ। श्रद्धाञ्जलीका लागि पौने १० बजेदेखि प्रहरी अधिकृतहरु गौशाला पुग्ने कार्यक्रम छ । महानिरीक्षक दीपक थापा,एआइजीहरु, डिआइजीहरु, एसएसपीहरु त्यहाँ पुग्दैछन् । 

श्रद्धाञ्जली समारोहमा उपस्थित हुन चाहने अन्य प्रहरी अधिकृत तथा कर्मचारीलाई कार्यालय पोशाकमा उपस्थित हुन भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर