• २०८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025

शिक्षक आन्दोलनबारे प्रतिपक्षी दल एक ठाउँमाः जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश

काठमाडाैं । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेकोबारे प्रतिपक्षी दलहरूले संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका छन्।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक र समर्थकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन्।

उनीहरूले विगतमा सरकार र महासंघबीच भएका सहमति कार्यान्वयन माग गर्दै २७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन्।

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नदेखिएको प्रतिपक्षी दलहरूको भनाइ छ। शिक्षक र चिकित्सकहरूको आवाजलाई पनि सरकारले बेवास्ता गर्दै आइरहेको भन्दै उनीहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर