५ बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

काठमाडौं । नेपाल राष्ट बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई करिब १५ करोड रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा प्रवाह नगरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६.८७ रुपैयाँ जरिवाना तिराएको हो । 

राष्ट बैंकले तोकिएको उत्पादनशील (कृषि, उर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा सीमा तोकेर कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । तर, स्ट्याण्डर्ड चार्टर्डले राष्ट्र बैंकको निर्देशनलाई अस्वीकार गर्दै आएको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास अर्थात् २०८१ पुसमसान्तसम्मको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको हुँदा जरिवाना तिराएको हो । 

यस्तै, नेपाल बैंक र सीईओबीच भएको सम्झौता अनुसार रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुबिच आपसी समन्वय गर्नरगराउन नसकेको देखिएकोले सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै, बैंकका पूर्वअध्यक्ष डा। चन्द्र बहादुर अधिकारीले पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रहेकाले ५ लाख रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराइएको छ । केही कर्जाहरुलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भार गणना गर्दा जोखिम भार गणना नगरेको र चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको पाइएपछि बैंकका सीईओलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । 

निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम् कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएपछि कुमारी बैंकका सीईओलाई पनि सचेत गराएको छ । यस्तै, लक्ष्मी सनराइजबैंकका सीईओलाई नसिहत दिईएको राष्ट्र बैंकले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर