• २०८२ बैशाख १८ बिहीबार
  • Thursday, 1 May, 2025

आज विश्व मजदुर दिवसः श्रमिकको अवस्था उस्तै

काठमाडौं । आज विश्व मजदुर दिवस । १३५ औं विश्व मजदुर नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइदै छ । श्रमिकका हक र अधिकारका लागि यसको महत्त्व छुट्टै छ ।

यसबारे जानकार नहुँदै काममा लाग्ने श्रमिकका कथा भने अर्कै छन् । उनीहरूलाई काम गरेर हातमुख जोड्न धौ–धौ छ । अहिले पनि मजदुरहरूकाे दैनिकी कष्टकर छ ।

दिनभर काम गरेर आफू र आफ्नो परिवार धान्न प्रयत्नशील श्रमिकको कथा बेग्लै छ । तुलनात्मक रूपमा कम आम्दानी र सहरको महँगीमा च्यापिएर आफ्नो जीवन चलाउन बाध्य छन् उनीहरू ।

व्यवस्था बदलियो तर श्रमिकका समस्या ज्यूँकात्यू छन्। कामका वेला असुरक्षा र श्रमको उचित मूल्य नपाउनेजस्ता कारण उनीहरू सधैँ मारमा पर्दै आएका छन्।

एक अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर