स्कारपियो दुर्घटनाः अधिकृत बस्नेतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते

विराटनगर । चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ ।

उदयपुर कटारीमा भएको दुर्घटनामा वडाध्यक्षसहित ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कटारीका इन्स्पेक्टर कमल बजगाईका अनुसार दुर्घटनामा दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानुन अधिकृत हुन् । मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो ।

झापा दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी गम्भीर घाइते छन् । उनको कटारी अस्पतालमै उपचार भइरहेको छ।

अन्य घाइतेहरूमा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल रहेका छन्, । थप घाइतेहरूलाई भने थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर