भारतमा नेपाली विद्यार्थी मृत्युबारे सभामुखले गरे सरकारलाई रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत उडिसास्थित किट कलेजमा नेपाली विद्यार्थीको मृत्यु भएको बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले उक्त किट कजेलमा पटक पटक नेपाली छात्राहरु मारिनेगरेको बारे प्रश्न उठाएका थिए । सांसदहरुले यसबारे सरकारले तत्काल कदम चाल्नुपर्ने र त्यसका लागि प्रतिनिधि सभाले रुलिङ गर्नुपर्ने माग गरेका थिए ।
सोही अनुसार रभामुख घिमिरेले किट कलेजमा भएको यथार्थ अवस्थाबारे जानकारी गराउँदै यस्तो अवस्था दोहोरिन नदिन आवश्यक कदम चाल्नका लागि निर्देशन दिएका हुन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ’, सभामुखले रुलिङ गर्दै भने- ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’
पर्साको वीरगञ्ज निवासी प्रिशा गत बिहीबार राति आफ्नै होस्टल कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
हिजाे मात्रै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पनि किट कलेज घटनाबारे सरकारलाइ रुलिङ गरेका थिए ।
प्रतिकृया दिनुहोस