बैंकिङ कसुर: व्यापारी अमित अग्रवाल कारागार चलान

काठमाडौं । व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। हिजो काठमाडौं स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि कारागार चलान भएका हुन्। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो ।
२०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख जरिवाना हुने फैसला भएको थियो ।
अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो ।
काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषी ठहर भएपछि फरार रहँदै आएका थिए ।
प्रतिकृया दिनुहोस