• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

भारतीय हमलामा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिएकाे दावी

एजेन्सी । भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस-ए-मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् । 

पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको ज्यान गएको हो ।

जैस-ए-मोहम्मदको तर्फबाट बुधबार जारी विज्ञप्तीमा अजहरकी दिदी र भिनाजु, उनका भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाहरूको ज्यान गएको जनाइएको छ । आक्रमणमा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको संगठनले जनाएको छ ।

जैस-ए-मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर