• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

राजावादी अभियानमा लागेका मिश्रमाथि थपियाे ‘आपराधिक उपद्रव’, अब के हुन्छ ?

काठमाडाैं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध तीनकुने घटनासँग जोडेर अर्को अभियोग लगाइएको छ ।  पक्राउ परेको ४२ औँ दिनमा उनीविरुद्ध ‘आपराधिक उपद्रव’ को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो । 

राप्रपाका महामन्त्री शरदराज पाठकले उनलाई नयाँ अभियोग लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘रवीन्द्र मिश्रलाई पक्राऊ गरेको आज ४२ औँ दिनमा आएर आपराधिक उपद्रो’को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको  छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘एउटा प्रजातान्त्रिक विचारकलाई लम्बेतान समयसम्म थुन्न र फरक मतलाई पुरै निषेध गर्न राज्य पुरापुर शक्ति लगाएर षड्यन्त्रपूर्वक अघि बढेको छ ।’

उनले यसमा केहीले हर्षित भएर काखी बजाएपनि राज्य सञ्चालकहरूले यस्तो निरङ्कुश अधिनायकवादी शासनको प्रतिफल  सुखद नहुने चेतावनी दिएका छन् । 

मिश्रले इजलासमा पनि आफूलाई नयाँ अभियोग लगाइएको भनेर असन्तुष्टि पोखेका थिए ।
आफू ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा टीका बोकेर हिँडेको उल्लेख गर्दै मिश्रले आज ४२ औँ दिनमा आएर आपराधिक उपद्रवको अर्को टीका लगाउने काम भएको बताए । 

‘यो टीका पुछ्ने अधिकार, यो टीका पुछ्ने निष्ठा यो देश र न्यायालयमा हुन्छ भनेर मैले केही कुरा राख्न खोजेको छु’, म्याद थपका लागि बिहीबार अदालतमा पेस भएपछि उनले न्यायाधीश मोना सिंहको इजलासमा भने, ‘यो के गरेको ? मैले बुझ्दै बुझिनँ । घटना भयो, मलाई पक्रेर पनि ल्याइयो । त्यसपछि म्याद थपियो र मैले छानबिनका लागि जतिपटक म्याद थप्दा पनि हुन्छ भनेको थिएँ । तर बयान सकिएपछि पनि म्याद थपिँदैछ ।’

इजलासमा आक्रोशित मुद्रामा प्रस्तुत भएका मिश्रले देशमा ईश्वर र जनताको नाममा शपथ खाएकाहरुले ब्यापक बठ्याई गरेको बताएको एक अधिवक्ताले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर