यस्तो पो स्मार्ट सिटी : आर्टिफिसियल इन्टेलीजेन्सले चिनियाँ सहरको जीवनस्तर उकास्दै

एजेन्सी । चीनका सहरी व्यावस्थापन अधिकारीहरुलाई आर्टिफिसियल इन्टेलीजेन्स र ठूलो डाटा प्रयोगले चीनका सहरहरुलाई अझ स्मार्ट बनाउन सहयोग गरिरहेको छ ।
झेंजिङ्ग प्रान्तको हांगझोउ सहर दुई वर्षको अवधिमा चीनको सबैभन्दा बढी जनसंख्या भएको सहरको सूचीको ५औँ स्थानबाट तल झरेर ५७ औँ स्थानमा पुगेको छ । यसको श्रेय ‘अलिबाबा’द्धारा सञ्चालित ‘सिटी ब्रेन’ नाम स्मार्ट सिटी समाधान प्रविधिलाई जान्छ ।
‘सिटी ब्रेन’ आर्टिफिसियल इन्टेलीजेन्स र क्लाउड कम्प्युटर प्रविधिद्धारा सञ्चालित एक प्रणाली हो, जसले यातायात बिउरोको डाटाको प्रयोग, सार्वजनिक यातायात प्रणाली, एक म्यापिङ एप्स र हजारौँ क्यामेराको प्रयोग गरी ट्राफिकको निगरानी गरी शहरलाई स्मार्ट बनाउने काम गर्छ ।
स्वचालित सिटी ब्रेनले सहरमा ट्राफिक जाम र कुनै दुर्घटनाबारे एक ठूलो समस्या बन्नअघि नै सहरका अधिकारीहरुलाई संकेत गर्छ ।
सन् २०१७ देखि ‘बे्रेन सिटी’का साथ काम गर्दै आएका ट्राफिक प्रहरीका अनुसार, यस प्रणालीले सहरको सडक सञ्जाललाई सुधार गर्नमा महत्वपूर्ण योगदान दिएको छ ।
‘हाम्रो हिसाब अनुसार, सिटी ब्रेनले दैनिक ४० देखि ५० हजार संकेत र करिब ९ पटकसम्म अघिल्लो रिपोर्ट दिन्छ । यसले सडक प्रयोगकर्ताले भन्दा पहिले सडकमा समस्याको पहिचान गर्छ । त्यसपछि, समस्यालाई जतिसक्दो जाँडो हल गर्न हाम्रो नियन्त्रण कार्यलयबाट मोटरसाइकल पठाइन्छ । यो हाम्रो समूहमा अन्य २०० प्रहरी अधिकारी हुनु बराबर हो’, उनले भने ।
स्मार्ट सिटी प्रविधिको एप्लिकेशन अन्य क्षेत्र, जस्तै सार्वजनिक सेवा, चिकित्सक सेवा, पर्यटकीय र खेलकुदमा पनि व्यापक प्रयोग गर्न थालिएको छ । चीनको आगामी आर्थिक वर्षको अन्त्य सम्ममा आर्टिफिसियल इन्टेलीजेन्स प्रविधिको प्रयोग अझ बढी राम्रो हुने हांगझोउका मेयर तथा पिपुल्स कंग्रेसका नेता सु लियीले बताए ।
यस्तो नयाँ प्रकारको स्मार्ट प्रविधिले मानिसको जीवनलाई परिवर्तन गरेको हांगझोउका एक स्थानीयवासी चेन वेइ बताउँछन् । ‘हांगझोउमा म मेरो पर्स बोकेर हिड्दिन, किनकि बिना नोट नै सबै कुराको भुक्तानी गर्न सक्छु । यो निक्कै सुविधाजनक छ,’ चेन भन्छन् ।
चीनको क्लाउड कम्पूटर प्रणाली र ठूलो डाटा सेवा प्रदायक ‘इन्सपुर’का कार्यकारी प्रमुख सुन पिसुका अनुसार, स्मार्ट सिटी प्रविधिले सबैभन्दा पहिलो नागरिकको आधारभूत आवश्यकतालाई ध्यान दिनुपर्छ । अलीबाबा र इन्सपुर जस्ता प्रचालक कार्यान्वयन प्रक्रियाका क्रममा समन्वयकको रुपमा काम गर्ने उनी बताउँछन् ।
इन्सपुरको स्मार्ट सिटी एप्लिकेशनले चीनका ३८ भन्दा बढी सहरमा काम गरिरहेको छ ।
प्रतिकृया दिनुहोस