• २०८२ जेठ १५ बिहीबार
  • Thursday, 29 May, 2025

रोप फिक्सिङ गर्दै सगरमाथा पुगे ७ शेर्पा

काठमाडाैं । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए ।

विभागका अनुसार ‘एट के एक्सपिडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् । अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् ।

'सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । अब अरु आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन्', निर्देशक अवस्थीले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर