• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिएः पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारको गलत रबैयाबाट हौसिएर प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गरेको बताएका छन् । 

पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशनलाई शनिबार राजधानीमा उदघाटन गर्दै पुनले  राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाए । ओलीले सहकारी, भुनानी शरणार्थी र मिटर व्याजमा मुछिएका सत्तारुढ दल निकटका व्यक्तिहरुलाई छानीछानी जोगाउने र विपक्षीमाथि प्रतिशोध साँधेको उनको टिप्पणी थियो । ‘ओलीजीले बिचौलियालाई प्रोत्साहन गर्दा प्रतिगामीहरुले चलखेल गर्ने मौका पाएका छन् ।

सहकारी र मिटरव्याज प्रकरणमा संलग्न आफ्नालाई छानबिन पनि हुँदैन, मुद्धा पनि चल्दैन, पक्राउ पनि गरिँदैन । तर, विपक्षीलाइ खोजीखोजी प्रतिशोध साँध्न खोज्दा व्यवस्थामाथि नै प्रश्न उठाएर प्रतिगामीहरुले फाइदा लिन खोजेका छन् ।’

पुनले दुई तिहाईको शक्तिशाली सरकारले मुलुक र जनताका लागि राम्रो काम गर्नुको साटो उल्टै व्यवस्थाको बदनाम गरेको टिप्पणी गरे । पुनले बिचौलिया र प्रतिगामी शक्तिविरुद्ध आफूहरु सधैं लड्ने चेतावनी दिए । 

‘दलाल, बिचौलिया र आसेपासेलाई जनताको पसिना चुस्न दिएर व्यवस्थाको बदनाम गर्न पाइँदैन’, उनले भने, ‘बिचौलिया र प्रतिगामीहरुलाई परास्त नगरी समाजवादीको यात्रामा अघि बढ्न सम्भव छैन ।’ 
उनले विगतमा कर्मचारी, सचिवको सरुवा र मन्त्री नियुक्त गर्ने गरेका बिचौलिया वर्ग अहिले सरकार नै फेर्ने हैसियतमा पुगेको उनको भनाइ थियो ।

सुशासनको पक्षमा काम गर्दा र बिचौलियासँग झुक्न तयार नभएका कारण प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालिएको पुनले बताए ।

 आफूहरुले निजी क्षेत्रका सबैलाई नभई लगानी र प्रतिस्पर्धाबिनै लाइसेन्स बेचेर नाफा कमाउने वर्गलाई बिचौलिया भनेको उनको प्रष्टीकरण थियो । फरक प्रसंगमा पुनले सार्वभौम नागरिक भइसकेका जनता फेरि रैतीमा फर्कन र वंश परम्पराबाट शासित हुन नचाहने भन्दै प्रतिगामी शक्तिहरु सफल नहुने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर