• २०८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025

आजको राशिफलः घरायसी वातावरणमा असामान्यता देखिन सक्छ

मेष: मनोरञ्जन र धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। वस्त्र लाभ हुनसक्छ। मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८, शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।  

वृष: छोटो दूरीको लाभदायक यात्रा हुनेछ। राज्यबाट मानसम्मान मिल्नेछ। धर्मकर्म र समाजसेवामा मन लाग्नेछ। वाहन सुख प्राप्त होला। आफन्त र मित्रको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।  

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७, शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।  

मिथुन: शुभकार्यमा सहभागी भइनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। पुँजी बजारमा सफलता र आर्थिक क्षेत्रमा राम्रो लाभ होला। धार्मिक वा सामाजिक भ्रमण हुन सक्छ। रोकिएका काम पुनः सुरु हुनेछन्।  

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२, शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।  

कर्कट: स्वास्थ्य र सौन्दर्यमा खर्च हुनेछ। अरूको लागि दौडधुप गर्नुपर्ला। आश्वासन दिनेहरू धेरै भेटिनेछन्। इज्जतमा दाग लाग्न सक्छ, सचेत रहनुहोला। चोटपटकको सम्भावना छ, तर आफन्तको सहयोग मिल्नेछ।  

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८, शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।  

सिंह: मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। भाग्यले अवसर जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विशेष यात्रा हुनसक्छ। परोपकारी कार्यमा रुचि र धन सञ्चयको अवसर मिल्नेछ।  

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१, शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।  

कन्या: मनमा शान्ति छाउनेछ। आँटेको कार्य पूरा हुनेछ। वाणीमा कुशलता आउनेछ। करियरमा साथीको सुझावले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यात्राको अवसर जुट्नेछ।  

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७, शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

तुला: दिन भाग्यशाली रहनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्यमा सफलता मिल्नेछ। नाताकुटुम्बको आगमन वा परिवारमा नयाँ सदस्य थपिन सक्छ। क्षमता प्रदर्शनको अवसर जुट्नेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१, शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।  

वृश्चिक: लगनशीलताको कमीले ठूलो उपलब्धि हात नपर्ला। समय प्रतिकूल भई कुलतमा मन जान सक्छ। झैझमेला र परिवारका झिनामसिना काममा समय बित्नेछ। आम्दानीमा कमी आउन सक्छ।  

भाग्यशाली रङ गुलाबी र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा २८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१, शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।  

धनु: बोलीको भरमा कार्य सम्पन्न हुनेछ। सद्विचारले प्रेरित हुनेलाई लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। परदेशबाट घर फर्कने वा परिवारमा रमाइलो वातावरण बन्नेछ।  

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७०, शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।  

मकर: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। आकस्मिक धन लाभ हुनेछ। बोली र प्रवचनमा प्रशंसा मिल्नेछ। परोपकारी र रचनात्मक कार्यमा फाइदा हुनेछ।  

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८, शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।  

कुम्भ: लाभहानि, सुखदुःख बराबरको मध्यम दिन छ। प्रणय सम्बन्ध र रतिराग बढ्नेछ। लाभदायक यात्रा हुनसक्छ। परोपकार र सामाजिक सहयोगमा भूमिका निर्वाह गर्न पाइनेछ।  

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९, शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।  

मीन: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग खिन्नता बढ्न सक्छ। सामाजिक कार्यमा व्यस्त रहनेछ।  

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७, शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर