जडीबुटी–पेप्सीकोला सडक दायाँ–बायाँ १५ मिटरभित्रका संरचनामा लाग्ने भयाे डाेजर

काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने भएको छ ।
सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ ।
सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५-१५ मिटर सडकको सीमा कायम भएको छ।
यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्ककन गरेर चिह्न समेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ ।
उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास विना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ । तोकिएको अवधिमा नहटाए कानुन अनुसार कारबाही हुने समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस