• २०८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025

गभर्नर बनाउन खोजिएका आरजुका व्यापारिक पार्टनर पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन खोजिएका परराष्ट्रमन्त्री आरजु राणा देउवाका व्यापारिक पर्टन विश्व पौडेल विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । 

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन्।

रिट दायर भए पनि दर्ता बाँकी नै रहेको जनाइएको छ। यसअघि उनीहरूले नै डा. गुणाकर भट्टलाई गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चममा रिट दायर गरेका थिए। त्यसअघि अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा भएको उमेर हद संशोधनविरुद्ध पनि रिट दायर गरेका थिए।

आज (मंगलबार) दायर रिटमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा भट्टको विकल्पमा अर्थशास्त्री डा. पौडेललाई ल्याउने सहमति भएको थियो । सोसँगै पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा दिइसकेका छन् । 

उनले अर्थमन्त्री एवं गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । डा. पौडेल २०७९ मा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन १ को उम्मेदवार थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर